दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-


(क) "अध्यक्ष" भन्नाले समितिको :अध्यक्ष सम्झनु पर्छ।


(ख) "कार्यकारी निर्देशक" भन्नाले दफा २३ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ।


(ग) "केन्द्र" भन्नाले दफा ३ बमोजिमको नेपाल प्रत्यायन केन्द्र सम्झनु पर्छ।


(घ) "कोष" भन्नाले दफा-२८ बमोजिमको कोष सम्झनु पर्छ।


(ङ) "तोकिएको" बा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत- बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।


(च) "निरीक्षण गर्ने संस्था" भन्नाले वस्तु वा सेवाको डिजाइन, संरचना वा प्रक्रियाको निरीक्षण गर्ने संस्था सम्झनु पर्छ।


(छ) "प्रक्रिया" भन्नाले वस्तु वा सेवाको गुणस्तर कायम गर्न त्यस्तो वस्तु वा सेवाको उत्पादनदेखि वितरणसम्मका केही वा सबै चरणमा पूरा गर्नु पर्ने प्रक्रिया सम्झनु पर्छ।
(ज) "प्रत्यायन" भन्नाले समरूपता परीक्षण गर्ने संस्थाको सक्षमता निर्धारण गर्न तेस्रो पक्षद्वारा गरिने प्रमाणीकरण सम्झनु पर्छ।


(झ) "प्रत्यायन प्रमाणपत्र" भन्नाले दफा १३-बमोजिम प्रदान गरिएको प्रमाणपत्र सम्झनु पर्छ।


(ज) "प्रयोगशाला" भन्नाले वस्तुको वा स्वास्थ्यसँग सम्बन्धित
(क्लिनिकल) नमूना परीक्षण, जाँच वा अंशङ्कन
(क्यालिब्रेशन) गर्ने उद्देश्य लिई प्रचलित कानून बमोजिम स्थापना भएको निकाय वा संस्था सम्झनु पर्छ।


(ट) "प्रवीणता परीक्षण” -भन्नाले पूर्वनिर्धारित मापदण्ड बमोजिमको परीक्षण र सम्बन्धित प्रयोगशालाको अन्तरप्रयोगशाला तुलना विधिद्वारा गरिने कार्यसम्पादन क्षमताको परीक्षण सम्झनु पर्छ।


(ठ) "मन्त्रालय"-भन्नाले उच्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ।


(ड) "विषयगत समिति" भन्नाले दफा ९ बमोजिम गठित विषयगत समिति सम्झनु पर्छ।


(ढ) "सदस्य" भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य-सचिवलाई समेत जनाउँछ।


(ण) "समरूपता परीक्षण" भन्नाले प्रयोगशाला विश्लेषण, अंशङ्कन
(क्यालिब्रेशन), वस्तु, सेवा, प्रक्रिया वा व्यक्तिको सक्षमताको वा प्रणालीको प्रमाणीकरण, निरीक्षण, प्रमाणित सन्दर्भ सामग्री उत्पादन, प्रवीणता परीक्षण जस्ता कार्य गर्दा निर्धारित मापदण्ड पालना गरे वा नगरेको सुनिश्चित गर्ने कार्य सम्झनु पर्छ।
(त) "समरूपता परीक्षण गर्ने संस्था" भन्नाले वस्तु, सेवा, प्रक्रिया, व्यवस्थापन प्रणालीको वा व्यक्तिको सक्षमताको प्रमाणीकरण गर्ने संस्था सम्झनु पर्छ।
(थ) "समिति" भन्नाले दफा ६ बमोजिमको सञ्चालक समिति सम्झनु पर्छ।