दफा ९
परिषद्को कोष
(१) परिषद्को एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन् :-
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) कुनै व्यक्ति वा संघ संस्थाबाट प्राप्त रकम,
(ग) प्रमाणपत्र लिने व्यक्तिबाट शुल्क स्वरुप प्राप्त रकम,
(घ) जमानत स्वरुप प्राप्त रकम, र
(ङ) अन्य श्रोतबाट प्राप्त रकम ।
(३) परिषद्को सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ । तर सो उपदफाको खण्ड (घ) बमोजिमको रकम परिषद्को काममा खर्च गर्न पाइने छैन ।
(४) परिषद्को कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।
(५) परिषद्को लेखा परीक्षण तोकिए बमोजिम हुनेछ ।