नियम
परीक्षण दर्ता

(१) काउन्सिलले तोके बमोजिमको योग्यता प्राप्त गरी काउन्सिलले तोके बमोजिमको प्रिरजिष्ट्रेशन तालिम, इन्टर्नशीप वा रेजिडेण्ट तालीम पूरा गरी नसकेको अवस्थामा पनि काउन्सिलको परीक्षण दर्ता किताबमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।
(१क) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काउन्सिलले तोकेबमोजिमको योग्यता प्राप्त गरी इन्द्र्नशीप तालीम, स्नातकोत्तर तहको रेजिडेण्ट तालीम वा बिद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत विदेशबाट तालीममा आउने चिकित्सक वा छोटो अवधिका लागि इन्टर्नशीप गर्न नेपाल आएका इन्टर्नले चाहेमा काउन्सिलमा सूचीकरण गरी छुट्टै दर्ता किताबमा नाम दर्ता गराउनु पर्नेछ।
(२) उपनियम (१) र्‌ (१क) बमोजिम नाम दर्ता गर्दा लाग्ने दस्तुर अनुसूची-९ मा तोकिएबमोजिम हुनेछ।
(३) ………….
(४) परीक्षण दर्तावालाले काउन्सिलले तोके बमोजिमको काम तोकेको स्थानमा मात्र गर्न पाउनेछ ।