दफा १६
परीक्षणकाल
निजामती सेवाको स्थायी पदमा नयाँ नियुक्ति गर्दा महिला कर्मचारीको हकमा छ महिना र पुरुष कर्मचारीको हकमा एक वर्षको परीक्षणकालमा रहने गरी गरिनेछ । परीक्षणकालमा निजको काम सन्तोषजनक नभएमा निजको नियुक्ति बदर गर्न सकिनेछ । यसरी नियुक्ति बदर नगरिएका निजामती कर्मचारीको नियुक्ति परीक्षणकाल समाप्त भएपछि स्वतः सदर भएको मानिनेछ ।
तर निजामती सेवाको कुनै पदमा एकपटक स्थायी नियुक्ति भई परीक्षणकाल भुक्तान गरिसकेको कर्मचारी निजामती सेवाको अर्को पदमा स्थायी नियुक्ति भई रमाना लिई आएमा त्यस्तो कर्मचारीलाई पुन परीक्षणकालमा राखिने छैन ।
स्पष्टीकरण :-दफा १० को उपदफा १ को खण्ड ग को प्रतिबन्धनात्मक वाक्यांस ३ र यसदफाको प्रयोजनका लागि “निजामती सेवा” भन्नाले संसद्सेवा र नेपाल स्वास्थ्य सेवालाई समेत जनाउनेछ ।