दफा ६
पुनरावेदन गर्न सक्ने
: (१) दफा ५ को उपदफा (२) बमोजिम इजाजतपत्र रद्द भएमा सम्बन्धित कम्पनीले त्यसरी इजाजतपत्र रद्द भएको सूचना पाएको मितिले पैंतीस दिनभित्र उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयको सचिव समक्ष पुनरावेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन परेकोमा सम्बन्धित सचिवले पुनरावेदन परेको मितिले तीन महिनाभित्र पुनरावेदन सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन परेकोमा सम्बन्धित सचिवले पुनरावेदन परेको मितिले तीन महिनाभित्र पुनरावेदन सम्बन्धमा निर्णय गरिसक्नु पर्नेछ र त्यस्तो निर्णय अन्तिम हुनेछ ।