दफा
पृष्ठभूमि

१. पृष्ठभूमि

नेपालको भौगोलिक अवस्थिति र भू–धरातलीय स्वरूपका कारण आन्तरिक एवं वाह्य सम्पर्कको लागि हवाई यातायात सर्वाधिक भरपर्दो माध्यमको रूपमा रहेकोछ । स्तरीय हवाई सेवाको लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू लगायत आधुनिक प्रविधिको प्रयोग गरी छोटो र लामो दूरीको हवाई सेवा संचालन गर्न सक्ने विमानस्थलहरूको विकास गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप उड्डयन एवं हवाई सुरक्षा  लाई सुनिश्चित गर्दै सुरक्षित, सुलभ, मितव्ययी, बजारमुखी, भरपर्दो, एवं प्रभावकारी हवाई यातायातको माध्यमबाट पर्यटन र व्यापार प्रबद्र्धनमा सहयोग पु¥याउन सरकारको स्पष्ट नीति हुनुपर्ने आवश्यकता महशुस गरी ‘‘हवाई नीति, २०६३’’  ल्याइएको छ । हवाई यातायात सेवामा निजी क्षेत्रको समेत संलग्नता गराउने उद्देश्यले राष्ट्रिय हवाई नीति, २०५० जारी गरिएको थियो । विश्वको बद्लिदो परिस्थिति र देशको आन्तरिक आवश्यकतालाई समेत दृष्टिगत गरी नागरिक उड्डयनको विकासद्वारा देशमा बढी भन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले नेपाल सरकारले २०५३ सालमा उक्त हवाई नीतिमा पहिलोपल्ट संशोधन गरेको थियो । नागरिक उड्डयन क्षेत्रमा विश्वले मारेको फड्को, अन्तर्राष्ट्रियस्तरमै र खास गरी एसिया प्रशान्त क्षेत्रमा हवाई ट्राफिकमा भएको उल्लेखनीय वृद्धि, विश्व जनमानसमा बढेको पर्यटकीय महत्व, निजीकरणको माध्यमद्वारा विश्वमा भएको औद्योगिक विकास एवं नागरिक उड्डयन क्षेत्रमा निजी क्षेत्रको सहभागिता एवं वायुसेवाहरू बीच बढ्दै गएको हातेमालो लाई समेत दृष्टिगत गरी तत्काल जारी गरिएको हवाई नीतिमा सामयिक सुधार हुनु वान्छनीय भएको र प्रस्तुत हवाई नीतिले राष्ट्रिय उडान सुरक्षा तथा हवाई सुरक्षाको सुनिश्चतता र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सेवा संचालनमा जोड दिएको छ । विद्यमान हवाई नीतिमा उल्लिखित कतिपय कुराहरू कानुनमा समावेश भई व्यवहारमा समेत आइसकेको । त्यस्ता प्रावधान तथा उपलब्धि हटाई हवाई यातायातलाई सुनिश्चित गराउने, वायुसेवालाई सुविधा प्रदान गर्ने, नियन्त्रण, नियमन गर्ने विषय लगायत हवाई
उडान प्रशिक्षण संस्था, मर्मत तथा सम्भार संस्थालाई इजाजत दिने आधारहरू समेत समावेस गरी विद्यमान हवाई नीतिलाई समयानुकूल परिमार्जन गरिएको छ । विमानस्थल, विमानस्थलमा आवश्यक पर्ने सेवा सुविधाहरूको निर्माण, विकास तथा दुर्गम क्षेत्रको लागि अत्यावश्यक हवाई सेवाको सुनिश्चितता गर्ने र अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा संचालन संस्थाहरूलाई प्रोत्साहन गर्न चार्टर उडान सम्बन्धी व्यवस्थालाई सरलीकरण गरी बढी भन्दा बढी पर्यटकहरू नेपाल भित्र्याउने दीर्घकालीन लक्ष्य हासिल गर्न यस नीतिले सहयोग पु¥याउने छ । साथै यातायातको अन्य माध्यमसँग निकटतम समन्वय कायम गरी हवाई यातायातको सन्तुलित विकासद्वारा पर्यटन, उद्योग, व्यापार र वाणिज्य लगायत मुलुकको समष्टिगत सामाजिक एवं आर्थिक क्रियाकलापको प्रबद्र्धनमा यस नीतिले योगदान पु¥याउने अपेक्षा राखिएको छ ।