दफा १४
प्रत्यायन प्रमाणपत्रको नवीकरण
(१) दफा १३ बमोजिम प्रत्यायन प्रमाणपत्र प्राप्त संस्थाले आफूले प्राप्त गरेको प्रत्यायन प्रमाणपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको दस्तुर तिरी प्रत्येक तीन वर्षमा प्रत्यायन प्रमाणपत्र नवीकरण गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको : अवधिभित्र नवीकरण गराउन नसकेमा त्यस्तो अवधि समाप्त भएको साठी दिनभित्र नवीकरण दस्तुरको दोब्बर दस्तुर तिरी नवीकरण गराउन सकिनेछ।

(३) उपदफा (२) मा उल्लिखित अवधिभित्र नवीकरण नगराउने संस्थाको प्रत्यायन प्रमाणपत्र सो अवधि नाघेपछि स्वतः खारेज भएको मानिनेछ।

(४) प्रत्यायन प्रमाणपत्रको नवीकरण सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।