नियम
प्रमुख परिचयपत्र वितरण अधिकारीको नियुक्ति, काम कर्तव्य र अधिकार
ः (१)
ऐन र यस नियमावली बमोजिम मतदाता परिचयपत्र व्यवस्थापन तथा बितरण
सम्बन्धमा गर्नु पर्ने कार्यहरू गर्र्र्न गराउन आयोगले केन्द्रीय स्तरमा आयोगको वा
नेपाल सरकारको कुनै अधिकृतलाई प्रमुख परिचयपत्र वितरण अधिकारी नियुक्त गर्न
वा तोक्न सक्नेछ ।
तर नेपाल सरकारको कुनै अधिकृतलाई नियुक्त गर्दा वा तोक्दा नेपाल
सरकारको सहमति लिई तोकिनेछ ।
(२) प्रमुख परिचयपत्र वितरण अधिकारीको काम कर्तव्य र अधिकार देहाय
बमोजिम हुनेछ ः–
(क) मतदाता परिचयपत्र सम्बन्धी व्यवस्थापन, तयारी र वितरण सम्बन्धी
सम्पूर्ण कार्य गर्ने गराउने ।
(ख) मतदाता परिचयपत्र तयार गर्न चाहिने बजेटको तर्जुमा गरी नेपाल
सरकारमा पेश गर्ने र निकासा भएको बजेट रकम खर्च गर्ने ।
(ग) मतदाता परिचयपत्र व्यवस्थापन, तयारी र वितरण सम्बन्धी कार्यको
लागि आवश्यक कर्मचारीको व्यवस्था गर्ने ।
(घ) ऐन र यस नियमावली बमोजिम जिल्ला परिचयप व्यवस्थापन अधिकारी
र अन्य कर्मचारीहरूले गर्नुपर्ने कार्यको निरीक्षण, नियन्त्रण र अनुगमन
गर्ने ।
(ङ) ऐन, नियम बमोजिम प्रमुख परिचयपत्र वितरण अधिकारी तथा अन्य
कर्मचारीले गर्नुपर्ने काम कर्तव्यको सम्बन्धमा आवश्यकता अनुसार
प्रशिक्षण तथा निर्देशन दिने ।
(च) मतदाता परिचयपत्र तयार गर्ने र वितरण गर्ने काममा समस्याहरू
उत्पन्न भएमा सोको निराकरण गर्ने ।
(छ) प्रमुख परिचयपत्र वितरण अधिकारी र मतदाता परिचयपत्र वितरण
कार्यमा संलग्न अन्य कर्मचारीहरूले ऐन र यस नियमावलीमा उल्लेख
भए बमोजिम काम नगरेमा वा लापरवाही साथ काम गरेमा निज उपर
प्रचलित कानुन बमोजिम विभागीय कारवाही गर्ने गराउने ।
(ज) यो नियमावली कार्यान्वयन गर्न गराउन आवश्यक पर्ने सबै काम गर्ने
गराउने ।
(झ) मतदाता परिचयपत्र तयार तथा वितरण गर्ने सिलसिलामा व्यापक
रूपमा प्रचार प्रसारको व्यवस्था गर्ने गराउने ।
(ञ) आयोगले तोकेको अन्य काम गर्ने ।