नियम
प्रमुख परिचयपत्र वितरण अधिकारीको नियुक्ति, काम, कर्तव्य र अधिकार
ः (१)
प्रमुख परिचयपत्र वितरणअधिकारीले मतदाताहरूलाई मतदाता परिचयपत्र दिनुपर्ने
व्यवस्था लागू गरेको जिल्लामा एकजना प्रमुख परिचयपत्र वितरण अधिकारी नियुक्ति
गर्न वा तोक्न सक्नेछ ।
(२) ऐन र यस नियमावलीमा अन्यत्र लेखिएको काम कुराको अतिरिक्त प्रमुख
परिचयपत्र वितरण अधिकारीको निर्देशन र नियन्त्रणमा रही प्रमुख परिचयपत्र वितरण
अधिकारीले देहाय बमोजिमको काम गर्नु पर्नेछ ः–
(क) मतदाता परिचयपत्र तयार गर्ने र वितरण गर्ने कार्य सम्पन्न गर्न
परिचयपत्र वितरण अधिकारीलाई निजले गर्नुपर्ने कार्य र क्षेत्र तोक्ने ।
(ख) ऐन र यस नियमावली बमोजिम मतदातालाई उपलब्ध गराउने मतदाता
परिचयपत्र तोकिए बमोजिम तयार गर्ने गराउने ।
(ग) आयोगले तोकेको अवधि भित्र मतदाताहरूलाई मतदाता परिचयपत्र
वितरण गर्ने गराउने ।
(घ) ऐन र यस नियमावली बमोजिम परिचयपत्र वितरण अधिकारीले गर्नुपर्ने
कार्यको संचालन, नियन्त्रण, निरीक्षण र अनुगमन गर्ने ।
(ङ) मतदाता परिचयपत्र तयार गर्ने र वितरण गर्ने काममा समस्या उत्पन्न
भएमा सोको निराकरण गर्ने ।
(च) मतदाता परिचयपत्र तयार गर्ने र वितरण गर्ने कार्यमा संलग्न
कर्मचारीहरूले ऐन र यस नियमावलीमा उल्लेख भए बमोजिम काम
नगरेमा वा लापरवाहीसाथ काम गरेमा निज उपर प्रचलित कानुन
बमोजिम विभागीय कारवाही गर्ने गराउने ।
(छ) प्रमुख परिचयपत्र वितरण अधिकारीले तोकेको अन्य काम गर्ने ।