नियम ५९
प्रसूति विदा
(१) महिला निजामती कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी अन्ठानब्बे दिन प्रसूति विदा लिन
पाउनेछ ।
(१क) उपनियम (१) बमोजिम प्रसूति विदा लिएका महिला निजामती कर्मचारीले चाहेमा कुनै पनि विदाबाट कट्टा नहुने गरी
थप छ महिनासम्म वेतलवी प्रसूति विदा लिन सक्नेछन् ।
तर उपनियम (१) र (१क) बमोजिमको विदा लगातार रुपमा लिनु पर्नेछ ।
(१ख) उपनियम (१क) बमोजिम वेतलवी विदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ ।
(२) प्रसूति विदामा बस्दा महिला निजामती कर्मचारीले पूरा तलब पाउनेछ ।
(३) …………………..
(३क) प्रसूति विदा तथा प्रसूति स्याहार विदा पाएका निजामती कर्मचारीलाई बच्चाको स्याहारको निमित्त ऐनको दफा ३२ को
उपदफा (३) बमोजिम बढीमा दुई वटा बच्चाको लागि जनही एकमुष्ट पा“चहजार रुपैया“ शिशु स्याहार भत्ता दिईनेछ ।
(४) प्रसूति विदा लिएको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक बनाई राख्नु पर्नेछ ।