नियम
प्राकृतिक व्यक्तिको सम्पत्ति वा कोष रोक्का राख्ने प्रक्रिया

(१) कुनै प्राकृतिक व्यक्तिले ऐन वा यस नियमावली बमोजिम सूचीकृत व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष आफूसँग रहेको थाहा हुन आएमा त्यस्तो सम्पत्ति वा कोषको विवरण रोक्का वा नियन्त्रणमा राख्ने प्रयोजनका लागि गोप्य रुपमा मन्त्रालय वा नजिकको जिल्ला प्रशासन कार्यालयमा अनुसूची–३ बमोजिमको ढाँचामा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम विवरण प्राप्त भएमा जिल्ला प्रशासन कार्यालयले सोको जानकारी अविलम्ब मन्त्रालयलाई दिनु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको जानकारी प्राप्त हुन आएमा मन्त्रालयले सो उपर तत्काल जाँचबुझ गर्दा त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष भएको देखिएमा त्यस्तो सम्पत्ति वा कोष रोक्का राख्ने वा आफ्नो नियन्त्रणमा लिनु
पर्नेछ ।