दफा १०
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) चिकित्सा विज्ञानसँग सम्बन्धित विभिन्न विषय र तहमा शिक्षा प्रदान गर्न अध्ययन तथा अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने गराउने,
(ख) प्रतिष्ठानको लागि आवश्यक पर्ने शिक्षकको योग्यता निर्धारण गर्ने,
(ग) पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्ने,
(घ) विद्यार्थीको छनौट गर्ने,
(ङ) परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने,
(च) परीक्षामा सफल हुने विद्यार्थीलाई शैक्षिक योग्यताको उपाधि तथा प्रमाणपत्र प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने,
(छ) परीक्षामा उत्कृष्ट श्रेणीमा सफल हुने विद्यार्थीलाई पुरस्कार तथा पदक प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने,
(ज) चिकित्सा विज्ञानको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने विद्यार्थीलाई पुरस्कार, पदक तथा मानार्थ उपाधि प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने,
(झ) प्रतिष्ठानद्वारा सञ्चालित अध्ययन, तालिम तथा अनुसन्धानमा उत्कृष्ट व्यक्ति तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सभा समक्ष सिफारिस गर्ने,
(ञ) अध्ययन, तालिम तथा अनुसन्धान बापतको शुल्क निर्धारण गर्ने,
(ट) सभाबाट स्वीकृत प्राज्ञिक परिषद्सँग सम्बन्धित निर्णय कार्यान्वयन गर्ने, गराउने,
(ठ) तोकिए बमोजिमको अन्य कार्यहरू गर्ने ।