दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ ।
(ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(ङ) “सेवा आयोग” भन्नाले दफा १३ बमोजिम गठन भएको सेवा आयोग सम्झनु पर्छ ।
(च) “अस्पताल” भन्नाले दफा १४ बमोजिम स्थापना भएको वीर अस्पताल सम्झनु पर्छ ।
(छ) “कुलपति” भन्नाले दफा १६ बमोजिमको कुलपति सम्झनु पर्छ ।
(ज) “सहकुलपति” भन्नाले दफा १७ बमोजिमको सहकुलपति सम्झनु पर्छ ।
(झ) “उपकुलपति” भन्नाले दफा १८ बमोजिमको उपकुलपति सम्झनु पर्छ ।
(ञ) “शिक्षाध्यक्ष” भन्नाले दफा १९ बमोजिमको शिक्षाध्यक्ष सम्झनु पर्छ ।
(ट) “रजिष्ट्रार” भन्नाले दफा १९ बमोजिमको रजिष्ट्रार सम्झनु पर्छ ।
(ठ) “डीन” भन्नाले दफा १९ बमोजिमको डीन सम्झनु पर्छ ।
(ड) “निर्देशक” भन्नाले दफा २० बमोजिमको निर्देशक सम्झनु पर्छ ।
(ढ) “शिक्षक” भन्नाले प्रतिष्ठानमा शिक्षा प्रदान गर्ने तथा अनुसन्धान गर्ने जिम्मेवारी पाएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।