दफा १४
फाँटवारी तयार गर्ने
(१) दफा १३ बमोजिम दाखिल हुन आएको फाँटवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको आधारमा तोकिएको अधिकारीले कुनै भूल सच्याउन पर्ने देखेमा सो समेत सच्याई अन्तिम फाँटवारी तयार गर्नेछ ।
तर दफा १३ बमोजिम कसैले दिएको फाँटवारीमा कुनै कुरा सच्याउनु भन्दा अगावै तोकिएको अधिकारीले कम्तीमा पन्ध्र दिनको म्याद दिई सम्बन्धित व्यक्तिलाई सबूत प्रमाण सहितको स्पष्टिकरण दिने मौका दिनुपर्छ र निजले पेश गरेको सबूद प्रमाणको छानवीन गरेर मात्र तोकिएको अधिकारीले फाँटवारी सच्याउन सक्नेछ । सो बमोजिम फाँटवारी सच्याएमा त्यसको सूचना सम्बन्धित व्यक्तिलाई दिनु पर्छ ।
(२) … … …
१४क उजूर गर्न सक्ने ः (१) यस ऐन बमोजिम जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हद भन्दा बढी जग्ता धएको कुनै व्यक्ति वा परिवारले दफा १३ बमोजिम फाँटवारी पेश गर्दा जग्गा लुकाई फाँटवारी पेश गरेको जानकारी पाउने कुनै पनि व्यक्तिले तोकिएको अधिकारी समक्ष उजुरी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको उजूरी जाँचबुझ गर्दा मनासिव ठहरेमा तोकिएको अधिकारीको आदेशले त्यस्तो जग्गा जफट भई नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
(३) उपदफा (२) बमोजिम जफत भएको जग्गाको तोकिएको दरले हुन आउने मोलको २५ प्रतिशत बराबरको रकम त्यस्तो उजूरी गर्ने व्यक्तिलाई तोकिएको अधिकारीले पुरस्कार बापत दिनेछ ।