दफा ३२
फेला नपरेका निक्षेपकर्ताको दाबी भुक्तानी
: (१) दफा ३१ बमोजिम दाबी भुक्तानी बुझिलिन सम्बन्धित निक्षेपकर्ता वा प्रचलित कानून बमोजिमको हकवाला नआएमा त्यस्तो निक्षेपकर्ताको निक्षेप रकम पछि भुक्तानी गर्ने गरी कोषले आफ्नो नाममा नेपाल राष्ट्र बैङ्कमा एउटा छुट्टै खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहेको निक्षेप रकमको दाबी भुक्तानी तथा शोधभर्ना प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहेको निक्षेप रकमको दाबी भुक्तानी तथा शोधभर्ना प्रक्रिया तोकिए बमोजिम हुनेछ ।