नियम १३७
फैसला भएपछिको कारबाही
(१) अदालतको फैसला वा आदेश बमोजिम जरिबाना लागेको पक्ष अदालतमा उपस्थित रहेको भए निजलाई आर्थिक प्रशासन शाखामा जरिबाना बुझाउन लगाई त्यसको भरपाई मिसिलमा सामेल राख्नु पर्छ। त्यस्तो पक्ष उपस्थित नरहेकामा फैसला वा आदेश मिसिल संलग्न राखी सम्बन्धित जिल्ला अदालतको तहसिल फाँटमा लगत दिन मिसिल आर्थिक प्रशासन शाखामा पठाउनु पर्छ।

(२) उपनियम (१) मा लेखिए देखि बाहेक अरु कुनै किसिमबाट दाखिल हुन आएको नगद दाखिल हुनासाथ तुरुन्त आर्थिक प्रशासन शाखामा बुझाउनु पर्छ।

(३) छिनुवा र मिसिलको लगत दिने काम समाप्त भएपछि त्यस्तो मिसिल मिसिल शाखामा बुझाउन लगाउनु पर्छ।