नियम २७
बचतको रसीद दिने
(१) ऐनको दफा ४० बमोजिम प्रत्येक जग्गावाला वा मोहीबाट समितिमा जम्मा हुन आएको रकमको अनुसूची–१०(क) मा तोकिएको ढा“चा बमोजिमको प्रमाणपत्र वा अनुसूची–१० मा तोकिएको ढा“चा बमोजिमको रसिद दिनुपर्छ र त्यस्तो रसीदमा क्रमसंख्या राखी ३ प्रति बनाई एक प्रति बचतकर्तालाई दिनुपर्छ र दोश्रो प्रति भूमिसुधार अधिकारी कहा“ पठाउनु पर्छ र तेश्रो प्रति आफू कहा“ राख्नु पर्छ । त्यस्तो रसीदमा समितिका तर्फबाट सो समितिको अध्यक्षले वा निजको अनुपस्थितिमा समितिले तोकेको एकजना सदस्यले सहीछाप गरेको हुनुपर्छ । (२) उपनियम (१) बमोजिम प्रमाणपत्र दिईएकोमा बुझाउन ल्याएको बचत रकम सो प्रमाणपत्रमा चढाई ग्राम समितिका तर्फबाट समितिको अध्यक्ष वा निजको अनुपस्थितिमा समितिले तोकेको एक जना सदस्यले र सो कामको लागि तोकिएको कर्मचारी भए निजले समेत सहीछाप गरेको हुनुपर्छ ।