दफा १०७
बन्दसवालद्वारा साक्षी बुझ्न सकिने
(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मुद्दा दायर रहेको अदालतको अधिकार क्षेत्र भएको इलाकाभन्दा बाहिर रहे बसेको वा कुनै कारणले अदालतमा उपस्थित हुन नसक्ने तर नबुझी नहुने साक्षीलाई मुद्दाको गम्भीरता हेरी बन्दसवालद्वारा बुभ्mनु पर्ने भएमा अदालतले त्यसको सूचना मुद्दाका पक्षहरुलाई दिनु पर्नेछ ।
(२) मुद्दाको कुनै पक्षले चाहेमा उपदफा (१) बमोजिमको बन्दसवालमा आफूले साक्षीसँग सोध्न चाहेको प्रश्नहरु समावेश गरियोस भनी कारण खुलाई अदालतमा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको कुनै निवेदन परेमा र अदालतले त्यस्तो प्रश्न त्यस्तो बन्दसवालमा समावेश हुनु मनासिब ठानेमा त्यस्तो प्रश्न समेत त्यस्तो बन्दसवालमा समावेश गर्न आदेश दिनेछ र सोही बमोजिम बन्द सवालको प्रश्नहरु तयार गरिनेछ ।
(४) बन्द सवालको ढाँचा अनुसूची–३९ मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) उपदफा (१) बमोजिम बन्दसवालद्वारा साक्षी बुझ्दा मुद्दाको कुनै पक्षले चाहेमा बन्दसवाल पठाइएको अदालतमा उपस्थित भै प्रमाण सम्बन्धी प्रचलित कानून बमोजिम साक्षी परीक्षण, जिरह वा पुन सोधपुछ गर्न सक्नेछ ।