दफा २९
बन्दीको नाममा रहेको सम्पत्तिको हस्तान्तरण
कारागारमा रहेका बन्दीको नाममा रहेको प्रचलित कानून बमोजिम रोक्का भएको बाहेक अन्य चल, अचल सम्पत्ति निजको मञ्जुरीमा प्रचलित कानून बमोजिम हक हस्तान्तरण बा अंशबण्डा गर्न सकिनेछ ।