दफा ४५
बन्दीलाई छाडिदिन सक्ने
(१) दफा ४२, ४३ वा ४४ बमोजिम निरीक्षण गर्ने अधिकारीले कारागारको निरीक्षण गर्दाका क्रममा कुनै बन्दी निजलाई तोकिएको कैद अवधिभन्दा बढी अवधि कैदमा रहेको वा प्रचलित कानूनले थुन्न पाउनेभन्दा बढी अवधि थुनामा परेको देखेमा त्यस्तो बन्दीलाई तुरुन्त छाडिदिने आदेश दिन सक्नेछ र त्यस्तो आदेश भएकोमा सोको पालना गर्नु सम्बन्धित कारागार प्रशासकको कर्तव्य हुनेछ।
(२) उपदफा (१) बमोजिमको अधिकारीले कुनै बन्दीलाई छाडिदिने आदेश दिएकोमा बा कारागार निरीक्षण गर्दा यस ऐन बमोजिम नभएको वा नगरेको अन्य कुरा देखेमा सो कुरा समेत खुलाई सर्वोच्च अदालत, मन्त्रालय र विभागमा प्रतिवेदन पठाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम कारागार निरीक्षण गर्ने अधिकारीले कुनै:कर्मचारी वा सुरक्षाकर्मीको लापरबाहीको कारणले कुनै बन्दी निजलाई तोकिएको कैद अवधिभन्दा बढी अवधि कैदमा रहेको वा प्रचलित कानूनले थुन्न पाउनेभन्दा बढी अवधि थुनामा परेको देखेमा त्यस्तो कर्मचारी वा सुरक्षाकर्मीलाई प्रचलित कानून बमोजिम विभागीय कारबाहीको लागि सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।