नियम १२४
बरबुझारथ गर्नु पर्ने
(१) ऐनको दफा ७४ बमोजिम निजामती कर्मचारीले आफुले बुझाउनु पर्ने नगदी, जिन्सी वा कागजपत्र जे जति
आफ्नो जिम्मामा छ सो सबै नेपाल सरकारबाट अन्यथा तोकिएमा बाहेक एक्काईस दिनभित्र सम्बन्धित कर्मचारीलाई बुझाई दिनु पर्नेछ
र बुझ्नु पर्ने कर्मचारीले पनि सोही म्यादभित्र बुझ्नु पर्नेछ ।
(२) प्रत्येक निजामती कर्मचारीले बहाली गर्न चाहेको दिनको सूचना साविकवालालाई सकेसम्म चाडो दिनु पर्नेछ र
साविकवालाले पनि त्यही दिन बरबुझारथ गर्न तयार रहनु पर्नेछ ।
(३) बरबुझारथ गर्ने काम सम्पन्न भएपछि त्यसको सूचना तालुक कार्यालयमा पठाउनु पर्नेछ । हालवालाले बहाल गरी सकेको
नभए साविकवालाले आफूभन्दा निकटतम तल्लो कर्मचारीलाई बरबुझारथ गरी म्यादभित्र नया“ कार्यालयमा बहाल गर्न जानु पर्नेछ र सो
कर्मचारीले पनि बुझी लिनु पर्नेछ ।
(४) कुनै पनि निजामती कर्मचारीले बरबुझारथको निमित्त आÇना भाइ, छोरा वा पत्यारका मानिस वारिस खडा गरी बुझ्ने वा
बुझाउने व्यवस्था गर्न सक्नेछ ।