दफा १५
बसोबासको छुट्टाछुट्टै व्यवस्था गर्ने
(१) कारागार प्रशासकले बन्दीलाई बसोबासको लागि उपयुक्त स्थानको व्यवस्था गर्नु पर्नेछ। (२) प्रत्येक कारागारमा महिला र पुरुष बन्दी बस्नको लागि छुट्टाछुट्टै भवनको व्यवस्था गर्नु पर्नेछ। तर त्यस्तो भवनको व्यवस्था नभएसम्मको लागि महिला र पुरुष बन्दीलाई आवतजावतको छुट्टाछुट्टै व्यवस्था गरी भवनको भिन्दा भिन्दै भाग (ब्लक) मा राखुपर्नेछ। (३) कारागारमा महिला र पुरुष बन्दीको लागि छुट्टाछुट्टै शौचालय र स्नान गृहको व्यवस्था गर्नु पर्नेछ। (४) उपदफा (२) र (३) को अधीनमा रही देहायका बन्दीलाई अन्य बन्दीभन्दा अलग कोठामा राख्नु पर्नेछ:- (क) थुनुवा, (ख) तेस्रो लिङ्गी, (ग) सरुवा रोग लागेको, (घ) मानसिक अवस्था ठीक नभएको, (ङ) प्रचलित कानून बमोजिमको गम्भीर र जघन्य कसूरमा सजाय पाएको, (च) दफा १८ बमोजिम विशेष सुरक्षा कक्षमा राख्ने प्रकृतिको ।

(५) अपाङ्गता भएका वा तेस्रो लिङ्गी बन्दीको “बसोबास, शौचालय, स्नान गृहको लागि तोकिए बमोजिमको व्यवस्था-मिलाउनु पर्नेछ।