नियम ४६
बिभृषण ग्रहण गर्न नपाउने
(१) यसं नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विभूषण पाउने व्यक्ति भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध. बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण वा नैतिक पतनदेखिने अन्य फौजदारी कसूरमा अदालतबाट सजाय पाएको भएमा त्यस्तो व्यक्तिले सुशोभन समारोहमा भाग लिन वा विभूषण ग्रहण गर्न पाउने छैन।
(२) उपनियम (१) बमोजिमको व्यक्तिले विभूषण ग्रहण गरिसकेको भएमा त्यस्तो विभुषण गृह मन्त्रालयले फिर्ता गर्न लगाउनेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको अभिलेख गृह मन्त्रालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।