नियम १०९
बोलपत्र खोल्ने
(१) बोलपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्तभएको लगत्तै
सोही दिन बोलपत्रसम्बन्धी कागजातमा उल्लिखित समय र स्थानमा बोलपत्रदाता वा
निजको प्रतिनिधिको रोहबरमा बोलपत्र खोल्नु पर्नेछ ।
तर बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएको कारणले बोलपत्र खोल्न
बाधा पर्ने छैन ।
(२) उपनियम (१) बमोजिम बोलपत्र खोल्नु अघि म्याद नाघी प्राप्त हुन आएको
बोलपत्रको खाम, बोलपत्र फिर्ता वा संशोधन गर्नको लागि दिइएको निवेदनको खाम र
रीतपूर्वक दर्ता भएका बोलपत्रको खामलाई छुट्याई म्याद नाघी प्राप्त हुन आएका
बोलपत्र नखोली सम्बन्धित बोलपत्रदातालाई फिर्ता गर्नु पर्नेछ । यसरी फिर्ता गरेको
कुरा, मिति र समय खरिद कारबाहीको प्रतिवेदनमा खुलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम नखोली फिर्ता गर्नु पर्ने बोलपत्र फिर्ता गरेपछि
बोलपत्रदाताले फिर्ता गर्न माग गरेको बोलपत्रको खाम खोली त्यस्तो बोलपत्रदाताकोे
नाम पढेर सुनाउनु पर्नेछ । बोलपत्रदाताको निवेदन र आधिकारिकता पुष्टि गर्ने
कागजात परीक्षण गरी मात्र फिर्ता गर्नु पर्छ ।
(४) उपनियम (३) बमोजिम फिर्ता माग गरेको खाम खोलिसकेपछि बोलपत्र
संशोधन गर्नको लागि दिइएका सवै खाम खोली त्यस्ता खामभित्र रहेको व्यहोरा पढेर
सुनाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको व्यहोरा पढी सकेपछि दाखिला भएका बोलपत्र
क्रमैस“ग खोली त्यस्तो बोलपत्रको देहायका कुरा पढेर सुनाई सोको मुचुल्का तयार गर्नु
पर्नेछ र त्यस्तो मुचुल्कामा उपस्थित बोलपत्रदाता वा निजको प्रतिनिधिको दस्तखत
गराउनु पर्नेछ ः–
(क) बोलपत्रदाताको नाम र ठेगाना,
(ख) बोलपत्रको कवोल अड्ढ र प्रत्येक एकाई दररेट,
(ग) बोलपत्रमा कुनै छुट दिन प्रस्ताव गरिएको भए सोको व्यहोरा,
(घ) प्राविधिक स्पेसिफिकेशनको विकल्प प्रस्ताव गरिएको भए सोको कवोल
अड्ढ,
(ङ) बोलपत्र जमानत भए वा नभएको,
(च) अड्ढ र अक्षरका बीच भिन्नता भए सो भिन्नताको विवरण,
(छ) बोलपत्र फाराममा बोलपत्रदाता वा निजको प्रतिनिधिको हस्ताक्षर भए
वा नभएका,े
(ज) बोलपत्र सम्बन्धी कागजातमा सच्याईएको वा केरमेट गरेकोमा तथा
बोलपत्रदाता वा निजको प्रतिनिधिले हस्ताक्षर गरे नगरेको तथा केरमेट
गरी उल्लेख गरेको रकम र व्यहोरा,
(झ) बोलपत्र फाराममा बोलपत्रदाताले कुनै कैफियत उल्लेख गरेको भए
सोको व्यहोरा र दररेट विवरण माग गरेको भए सोको विवरण,
(ञ) उपयुक्त ठानेको अन्य आवश्यक कुरा ।
(६) यस नियम बमोजिम बोलपत्र खोल्दाको समयमा वोेलपत्र स्वीकृत वा
अस्वीकृत गर्ने निर्णय गर्न सकिने छैन ।