नियम ११२
बोलपत्रको मूल्याड्ढन
(१) अन्तर्राष्ट्रिय स्तरको बोलपत्रमा बोलपत्र सम्बन्धी
कागजातमा बोलपत्रको मूल्य विभिन्न मुद्रामा उल्लेख गर्न सकिने व्यवस्था भएमा
त्यस्तो बोलपत्रहरुका मूल्यलाई सोही कागजातमा उल्लेख भए बमोजिमको विनिमयदर
र मुद्रा अनुसार एउटै मुद्रामा परिवर्तन गरी बोलपत्रको मूल्याड्ढन र तुलना गर्नु
पर्नेछ ।
(२) बोलपत्रको मूल्याड्ढन र तुलना गर्दा मूल्य अभिबृद्धि कर बाहेकको कबोल
अड्ढ कायम गरी तुलना गर्नु पर्नेछ ।
(३) प्रचलित ऐन वा यस नियमावलीमा व्यवस्था गरिए बमोजिम वाहेक कुनै
बोलपत्रदाता वा आधिकारिक रुपमा निर्णय प्रकृयामा संलग्न नभएका अन्य कुनै
व्यक्तिलाई बोलपत्रको परीक्षण, त्यस्तो परीक्षण गर्ने सिलसिलामा बोलपत्रदातास“ग माग
गरिएको जानकारी वा प्राप्त जानकारी, मूल्याड्ढन तथा तुलनास“ग सम्बन्धित जानकारी
दिन पाइनेछैन ।
(४) मूल्याड्ढन समितिले खरिद ऐनको दफा २५ को उपदफा (१) बमोजिम
मूल्याड्ढनको लागि समावेश भएका बोलपत्रको मूल्याड्ढन गर्दा त्यस्तो बोलपत्रको
बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भएको आधार र तरिका अनुसार गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको बोलपत्रको मूल्याड्ढन गर्दा बोलपत्रको प्राविधिक,
व्यापारिक र आर्थिक पक्षको मूल्याड्ढन गर्नु पर्नेछ ।
(६) बोलपत्र सम्बन्धित कागजातमा उल्लिखित क्षेत्र, गुणस्तर, विशेषता, शर्त,
कार्य सम्पादन वा अन्य कुनै आवश्यकतामा तात्विक रुपमा फरक नपर्ने र गम्भिर
खालको असर नपर्ने खालका स्थानीय निकायलाई स्वीकार्य सानातिना फरक भएका
बोलपत्रहरुलाई सारभूतरुपमा प्रभावग्राही बोलपत्र मानिनेछ र त्यस्ता बोलपत्रको
मूल्याड्ढन गर्दा लागतमा कुनै प्रभाव पर्ने भएमा त्यस्तो प्रभावको मूल्य समान आधारमा
कायम गरी बोलपत्रको कबोल अड्ढमा समायोजन गरी बोलपत्रको मूल्याड्ढित रकम
निकाल्नु पर्नेछ ।
(७) उपनियम (६) र नियम ११३ बमोजिम निकालिएको बोलपत्रको मूल्याड्ढित
रकम बोलपत्रको तुलना गर्ने प्रयोजनको लागि मात्र प्रयोग हुनेछ र खरिद सम्झौताको
मूल्यमा समावेश गर्न पाईने छैन ।
(८) बोलपत्रको मूल प्रति र प्रतिलिपि प्रतिमा मूल्य वा अन्य कुनै कुरामा
भिन्नता पाइएमा मूल प्रतिमा उल्लेख भएको मूल्य वा कुरा मान्य हुनेछ ।
(९) मूल्याड्ढन समितिले उपनियम (६) बमोजिमको सानातिना फरककोे मूल्य
कायम गर्दा सम्बन्धित कामको लागत अनुमान वा प्रचलित बजार मूल्य वा
व्याजदरको आधारमा कायम गर्नु पर्नेछ । त्यस्तो लागत अनुमान, प्रचलित बजार मूल्य
वा व्याज दर निश्चित नभएको अवस्थामा सोही आइटमको अन्य सारभुत प्रभावग्राही
बोलपत्रमा उल्लेख भएको मूल्यको औसतका आधारमा कायम गर्नु पर्नेछ ।
(१०) यस नियम बमोजिम कायम गरिने मूल्यको औचित्यताको सम्बन्धमा
बोलपत्रदातास“ग परामर्श गर्नु हुदैन ।