नियम
मतदाता परिचयपत्र उपलब्ध गराउने
ः (१) ऐनको दफा २३ बमोजिम आयोगले
मतदाताहरूलाई मतदाता परिचयपत्र दिने व्यवस्था लागू गरेको निर्वाचन क्षेत्रको
मतदाताहरूलाई दिइने मतदाता परिचयपत्रको नम्बरसमेत उल्लेख गरी फाराम नं.
१क. बमोजिमको ढाँचामा तयार गरेको मतदाता नामावली आयोगले प्रमुख
परिचयपत्र व्यवस्थापन अधिकारीलाई उपलब्ध गराउनेछ ।
(२) उपनियम (१) बमोजिम उपलब्ध गराइने मतदाता नामावली ऐन तथा
मतदाता नामावली सम्बन्धी नियमावली, २०५२ बमोजिम तयार भएको अन्तिम
मतदाता नामावलीको आधारमा तयार गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम आयोगले उपलब्ध गराएको मतदाता नामावलीमा
नाम समावेश भएका मतदाताहरूलाई परिचयपत्र वितरण अधिकारीले मतदाता
परिचयपत्र उपलब्ध गराउनेछ ।
(४) नियम १२ बमोजिम मतदाता परिचयपत्रको प्रतिलिपि उपलब्ध गराउने
अवस्था बाहेक मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई एक पटक
मात्र मतदाता परिचयपत्र उपलब्ध गराइनेछ ।
(५) उपनियम (३) बमोजिमको मतदाता परिचयपत्र आयोगले तोकिदिएको
अवधिमा मात्र उपलब्ध गराइनेछ ।