नियम ९
मतदाता परिचयपत्र तयार गर्ने कार्यविधि
ः (१) ऐन र मतदाता नामावली सम्बन्धी
नियामावली बमोजिम अन्तिम मतदाता नामावली प्रकाशन भएपछि आयोगले नेपाल
राजपत्रमा सूचना प्रकाशन गरी तोकि दिएका क्षेत्रका मतदाताहरूलाई यस नियमावली
बमोजिम दिइने मतदाता परिचयपत्र तयार गर्ने कार्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम मतदाता परिचयपत्र तयार गर्ने प्रकृया सम्बन्धमा
आयोगले अन्यथा तोकिदिएमा बाहेक देहायमा लेखिएबमोजिम गरी तयार गर्नुपर्नेछ ः–
(क) प्रत्येक जिल्ला, निर्वाचन क्षेत्र वा त्यस निर्वाचन क्षेत्र भित्र पर्ने
गाउँ विकास समिति वा नगरपालिकाको अन्तिम मतदाता
नामावलीको आधारमा प्रत्येक गाउँ विकास समिति वा
नगरपालिकाको वडाको छुट्टै अभिलेख राखी मतदाता परिचयपत्र
तयार गर्नु पर्नेछ ।
(ख) मतदाताले आफू मतदाता भएको विवरण सहितको फाराम नं.
२ को ढाँचामा निवेदन दिनु पर्नेछ ।
(ग) मतदाताको निवेदनसंग मतदाता नामावली भिडाई रुजु गरी
निजको उल्लिखित विवरण र निवेदनको विवरण अनुरूपको
मतदाता परिचयपत्र तयार गर्नुपर्नेछ ।
(घ) मतदाता नामावली र निवेदनको विवरण भिडेमा फाराम नं. १
को ढाँचामा मतदाता परिचयपत्र तयार गर्नुपर्नेछ ।