नियम १४
मतदाता परिचयपत्र पुन वितरणको आदेश दिन सक्ने
ः कुनै निर्वाचन क्षेत्र वा सो
अन्तर्गतको गाउँ विकास समिति वा नगरपालिकाको वडामा मतदाता परिचयपत्र
वितरण गर्दा व्यापक रूपमा गल्ती भएको वा नक्कली मतदाता परिचयपत्र वितरण
भएको छ भनी कसैले प्रमाण सहित दिएको निवेदन वा अन्य विभिन्न श्रोतबाट
जानकारी प्राप्त भै आयोगलाई सो कुरामा विश्वास लागेमा आयोगले त्यस्तो मतदाता
परिचयपत्र रद्द गरी पुन मतदाता परिचयपत्र वितरण गर्ने आदेश दिन सक्नेछ ।