नियम ८
मतदाता परिचयपत्रमा रहने विवरण
ः (१) मतदाता परिचयपत्रमा देहाय
बमोजिमको विवरण हुनेछ ः–
(क) मतदाता परिचयपत्रको कागज सेतोरंगको हुनेछ ।
(ख) मतदाता परिचयपत्रमा माथि दायाँ पट्टि सम्बन्धित मतदाताको
दुवै कान प्रष्ट देखिने फोटो रहनेछ । मतदाताको फोटो सहितको मतदाता परिचयपत्र कम्प्यूटर प्रविधिबाट तयार
गरिनेछ र त्यसलाई लेमिनेशन समेत गरिएको हुनेछ ।
(ग) मतदाता परिचयपत्रको साइज अधिकतम ६×१० से.मी. सम्मको
हुनेछ ।
(घ) मतदाता परिचयपत्रमा नक्कल गर्न नसकिने प्राविधिक व्यवस्था
हुनेछ ।
(ङ) मतदाता परिचयपत्रमा माथि बायाँ पट्टि नेपालको निशाना छाप
हुनेछ ।
(च) मतदाता परिचयपत्रमा माथि बीचमा “नेपाल सरकार, निर्वाचन
आयोग मतदाता परिचयपत्र” भन्ने उल्लेख हुनेछ ।
(२) उपनियम (१) बमोजिमको मतदाता परिचयपत्रमा निम्नलिखित विवरण
समेत उल्लेख हुनेछ ः–
(क) मतदाताको परिचयपत्र नं.
(ख) मतदाताको नाम, थर
(ग) मतदाताको जन्म मिति
(घ) मतदाताको लिङ्ग
(ङ) मतदाताको पिता÷पतिको नाम, थर र नाता
(च) मतदाताको ठेगाना ः
घर नं. ……………..जिल्ला………………, निर्वाचनक्षेत्र नं.
……………..गा. वि. स.÷न.पा. ………………………..वडा
नं. …………….गाउँ वा टोल
………………………………………..
(छ) प्रमुख परिचयपत्र वितरण अधिकारीको दस्तखत
(ज) प्रमुख परिचयपत्र वितरण अधिकारीको नाम, थर, दर्जा
(झ) मतदाता परिचयपत्र जारी भएको मिति ।
(३) उपनियम (२) को खण्ड (क) बमोजिमको मतदाताको परिचयपत्र नं.
आयोगले तोके बमोजिम प्रत्येक मतदाताको लागि अलग अलग हुनेछ ।
(४) नियम ७ बमोजिम मतदाताहरूलाई उपलब्ध गराउने मतदाता
परिचयपत्रको ढाँचा फाराम नं.१ मा तोकिए बमोजिम हुनेछ ।