दफा ४२
महान्यायाधिकक्ताले निरीक्षण गर्ने
(१) महान्यायाधिवक्ता वा निजले तोकेको अधिकारीले प्रत्येक वर्ष कम्तीमा एक पटक कारागारको निरीक्षण गर्नु वा गराउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम निरीक्षण गर्दा देहायका विषयमा ध्यान दिनु पर्नेछ:-

(क) कारागारमा रहेको बन्दीलाई मानवोचित व्यवहार गरेको वा नगरेको,

(ख) बन्दीलाई आफन्त तथा कानून व्यवसायीसँग भेटघाट गर्न दिएको वा नदिएको,

(ग) कारागारका बन्दीले प्रचलित कानून बमोजिम कैद वा थुनामा बस्नु पर्ने अवधि पूरा भएपछि तत्काल थुना मुक्त हुने गरेको वा नगरेको,

(घ) यस ऐन वा प्रचलित कानून बमोजिम कारागार प्रशासकले गर्नु पर्ने काम कारबाही सो बमोजिम गरेको वा नगरेको, र

(ङ): यस ऐन बमोजिम बन्दीले पाउने सुविधा प्राप्त गरेको वा नगरेको ।

(३) उपदफा (२) बमोजिम निरीक्षण गर्दा प्रचलित कानून बिपरीत .कुनै काम कारबाही भए, गरेको देखिएमा दफा ४९ मा लेखिएकोमा_ सोही बमोजिम र अन्यको हकमा प्रचलित कानून बमोजिम गर्नु गराउनु पर्नेछ। (४) उपदफा (१) बमोजिम गरिने निरीक्षणको प्रयोजनको लागि महान्यायाधिवक्ताको कार्यालयले आवश्यक निर्देशिका बनाउन सक्नेछ।