नियम ३१ग
महिला कर्मचारीको सरुवा सम्बन्धी व्यवस्था
ऐन र यस नियमावलीमा उल्लिखित
आधारबा अतिरिक्त महिला कर्मचारीको सरुवा गर्दा देहायका आधार समेत लिइनेछ :-
(क) एकल र गर्भवती महिला कर्मचारीलाई निजको माग बमोजिम सरुवा
गर्न प्राथमिकता दिइनेछ,
(ख) गर्भवती वा दुई वर्ष मुनिको बच्चा भएका महिला कर्मचारीलाई निजले
माग गरेको अवस्थामा बाहेक सरुवा गरिने छैन,
(ग) महिला कर्मचारीको पति समेत सरकारी सेवामा रहेको भए सम्भव
भएसम्म दम्पत्तिलाई एकै जिल्लामा पर्ने गरी सरुवा गरिनेछ ।