दफा ११९
मुद्दा फिर्ता वा मिलापत्र भएमा त्यसको परिणाम
(१) दफा ११६ बमोजिम नेपाल सरकारले कुनै मुद्दा फिर्ता लिएमा त्यस्तो मुद्दाको अभियुक्त उपर सोही कसूरमा पुन मुद्दा चल्ने छैन ।
(२) दफा ११७ बमोजिम मिलापत्र भएकोमा सोही विषयमा सोही पक्षहरुका बिचमा पछि कुनै कारबाही वा मुद्दा चल्ने छैन ।
तर मिलापत्रमा उल्लेख भएको शर्त बमोजिम कुनै पक्षले कुनै काम नगरेमा त्यस्तो कुराको उजुरी दिन यस उपदफाले वाधा पु¥याउने छैन ।