नियम ११
रकम निकासा
(१) कल्याणकारी योजना निर्देशनालयले स्वीकृत वार्षिक योजना कार्यक्रम तथा बजेट अनुसार मात्र तोकिएको बजेट शीर्षकमा खर्च गर्ने निकायलाई रकम निकासा दिनु पर्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि शान्ति सेना सञ्चालन गर्न आवश्यक पर्ने रकम पछि संयुक्त राष्ट्र संघबाट सोधभर्ना हुने गरी खर्च गर्ने वा निकासा दिने कार्य समितिबाट हुनेछ ।
(३) शान्ति सेना सञ्चालन सम्बन्धी कार्यमा खर्च गर्न पछि संयुक्त राष्ट्र संघबाट सोधभर्ना हुने गरी स्वीकृत वार्षिक बजेट बमोजिम शान्ति सेना सञ्चालन कार्यको लागि कोषबाट रकम निकासा गरिनेछ र पछि संयुक्त राष्ट्र संघबाट सोधभर्ना हुने रकम कोषमा दाखिला गरिनेछ ।
(४) कोषबाट स्वीकृत योजना वा कार्यक्रमको लागि स्वीकृत बजेटको पन्ध्र प्रतिशतले हुने रकम कार्य सञ्चालन खाताबाट सम्बन्धित खर्च गर्ने निकायलाई निकासा दिइनेछ र खर्चको फाँटवारी प्राप्त भएपछि कोष पूर्ति गरी सोधभर्ना निकासा दिनु पर्नेछ ।
(५) शान्ति सेना तर्फको रकम तथा कुनै पनि पूँजीगत कार्यको लागि उपलब्ध गराइने रकम अधिकार प्राप्त अधिकारीबाट लागत अनुमान स्वीकृत गराई पेश गरेपछि बजेटमा व्यवस्था भएसम्मको रकम मात्र निकासा दिइनेछ ।