दफा २७
रजिष्ट्रारको नियुक्ति तथा काम, कर्तव्य र अधिकार
(१) परिषद्को काम गर्न इन्जिनियरिङ विषयमा
स्नातकोपाधि प्राप्त गरी कम्तीमा दश वर्ष इन्जिनियरिङ
व्यवसायमा अनुभवप्राप्त इन्जिनियरहरूमध्येबाट खुला
मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग् हुनेछ।
प्रतिस्पर्धाको आधारमा नेपाल सरकारले एकजना रजिष्ट्रार
नियुक्त गर्नेछ।
(१क) उपदफा (१) बमोजिम नियुक्त रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ।
(१ख) उपदफा (१क) मा जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रारको कार्य क्षमताको अभाव भएमा, खराब आचरण भएमा, इमान्दारीपूर्वक पदीय आचरण नगरेमा नेपाल सरकारले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। तर त्यसरी हटाउनु अघि निजलाई सफाइ पेश गर्ने मौका दिनु पर्नेछ।
(२) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य तथा अधिकारको अतिरिक्त रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) परिषद्को सामान्य प्रशासन र व्यवस्थापनको कार्य गर्ने,
(ख) परिषद्को कोषको रेखदेख नियन्त्रण, सम्पत्तिको व्यवस्था र स्याहार संभारको व्यवस्था गर्ने, गराउने,
(ग) परिषद्को वार्षिक कार्यक्रम तथा योजना तर्जुमा गरी परिषद्मा पेश गर्ने,
(घ) परिषद्को वार्षिक आय व्यय तथा पुरक आय व्यय विवरण तयार गर्ने,
(ङ) परिषद्बाट स्वीकृत बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने,
(च) परिषद्को आन्तरिक र अन्तीम लेखा परीक्षण गर्ने व्यवस्था गराउने,
(छ) परिषद् र इन्जिनियरहरू बीच सम्पर्क अधिकारीको रुपमा काम गर्ने,
(ज) परिषद्बाट निर्देशन दिए बमोजिमको अन्य कार्यहरू गर्ने, गराउने,
(झ) तोकिए बमोजिमको अन्य कार्य गर्ने ।