नियम २७
रजिष्ट्रारको पारिश्रमिक
(१) नेपाल सरकारले नेपाल सरकारको सेवामा रहेको
कर्मचारीलाई ऐनको दफा १३ बमोजिम परिषद्को रजिष्ट्रार भई काम गर्न तोकेमा परिषद्ले त्यस्तो रजिष्ट्रारलाई मासिक दस हजार रुपैयाँ भत्ता दिइनेछ ।
(२) ऐनको दफा १३ बमोजिम नेपाल सरकारको सेवामा नरहेको व्यक्तिलाई
नेपाल सरकारले रजिष्ट्रारको पदमा नियुक्ति गरेमा त्यस्तो रजिष्ट्रारलाई परिषद्ले स्वास्थ्य
सेवा ऐन, २०५३ बमोजिमको कम्तीमा  नवौं तहमा कार्यरत कर्मचारीले पाउने तलब र
भत्ता पाउने भए भत्ता समेत दिइनेछ ।