दफा २६
रजिष्ट्रार
(१) विश्वविद्यालयको रजिष्ट्रारको नियुक्ति उप–कुलपतिको सिफारिशमा कुलपतिबाट हुनेछ ।
(२) रजिष्ट्रार विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) रजिष्ट्रारको पदावधि चार वर्षको हुनेछ ।
(४) रजिष्ट्रारको काम, कर्तव्य र अधिकार तथा पारिश्रमिक, सुविधा र सेवाका शर्तहरु तोकिए बमोजिम हुनेछ ।
(5) रजिष्ट्रारले सभाको निर्णय बा आदेशको अभिलेख गरी राख्नु पर्नेछ ।सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ।