दफा ३७
राष्ट्रिय सतर्कता केन्द्र
(१) भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न तथा भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि गर्न नेपाल सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी एक राष्ट्रिय सतर्कता केन्द्र स्थापना गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको केन्द्रको प्रमुखको रूपमा नेपाल सरकारले निजामती सेवाको विशिष्ट श्रेणीको कुनै अधिकृतलाई तोक्न सक्नेछ र सो केन्द्रमा आवश्यकता अनुसार नेपाल सरकारको सेवाको कर्मचारीहरू रहनेछन् ।