नियम १२
रोक्का वा फुकुवाको विवरण दिनु पर्ने
(१) ऐनको परिच्छेद–६ख. र यस नियमावली बमोजिम कुनै संस्था वा निकायले कुनै व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राखेमा अनुसूची–६ बमोजिमको ढा“चामा सम्बन्धित व्यक्ति, समूह वा संगठनलाई जानकारी दिनु पर्नेछ ।
(२) ऐनको परिच्छेद–६ख. र यस नियमावली बमोजिम कुनै संस्था वा निकायले कुनै व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राखेमा वा फुकुवा गरेमा त्यस्तो सम्पत्ति वा कोषको विवरण रोक्का वा फुकुवा भएको मितिले तीन दिन भित्र
अनुसूची–७ बमोजिमको ढाँचामा सूचक संस्थाले नियमनकारी निकाय र सूचक संस्था बाहेकका अन्य व्यक्ति वा निकायले अर्थ मन्त्रालयमा पठाई सोको एक प्रति वित्तीय जानकारी इकाईलाई समेत दिनु पर्नेछ ।