नियम
लगत लिने

(१) आफ्नो जग्गा आफै कमाउने जग्गावालाहरू र अरूको जग्गा कमाउने मोहीहरूको लगत लिने काममा जिल्ला भूमिसुधार अधिकारीले विभिन्न भूमिसुधार टोलीहरू खटाउन सक्नेछ ।
(२) आफ्नो जग्गा आफै कमाउने जग्गावालाहरू र अरूको जग्गा कमाउने मोहीहरूको लगत भूमिसुधार टोलीले प्रत्येक वार्डमा गई अनुसूची–१ बमोजिमको ढाँचामा तयार गर्नेछ ।
(३) उपनियम (२) बमोजिम भूमिसुधार टोलीले लगत लिंदा त्यसको साथ साथ अरूको जग्गा कमाउने प्रत्येक मोहीको सम्बन्धमा नागरिकता सम्बन्धी विवरण पनि अनुसूची–१ (क) बमोजिमको ढा“चामा लिनु पर्दछ । कुनै मोहीको सम्बन्धमा प्राप्त भएको उक्त विवरणबाट गैर नेपाली नागरिक भन्ने देखिएमा भूमिसुधार टोलीले सो व्यहोरा निजको सम्बन्धमा अनुसूची–१ को ढा“चामा लिइएको लगतमा कैफियत गरी जनाई दिनु
पर्दछ ।