नियम १०
लगतको जिम्मा

(१) नियम ६ बमोजिम प्रकाशित भएको लगतमा म्यादभित्र कसैको उजूरी नपरेकोमा सो प्रकाशित लगत नै र म्यादभित्र उजूरी परी जिल्ला भूमिसुधार अधिकारीको निर्णय बमोजिम सो लगतमा कुनै हेरफेर गर्न परेकोमा सो बमोजिम हेरफेर गरिएको लगत स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाको जिम्मा राखिनेछ ।
(२) उपरोक्त लगत बमोजिम जग्गा, जग्गावाला र मोहीमा कुनै हेरफेर भएमा सो भएको ३५ दिन भित्र सम्बन्धित जग्गावाला र मोहीले सो कुराको लिखित सूचना स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा दिनुपर्छ र त्यस्तो सूचना प्राप्त भएपछि स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले सो सूचनाको व्यहोरा आफ्नो कार्यालय र स्थानीय प्रमुख स्थानहरूमा टा“सी प्रकाशित गर्नुपर्छ ।
(३) उपनियम (२) बमोजिम प्रकाशित भएको सूचनामा चित्त नबुझ्ने व्यक्तिले सो सूचना प्रकाशित भएको ७ दिन भित्र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकामा उजूर गर्न सक्नेछ । तर सम्बन्धित व्यक्तिको निवेदन परी म्याद बढाउनु पर्ने देखिएमा स्थानीय गाउ“
विकास समिति वा नगरपालिकाले बढीमा ७ दिनसम्मको म्याद थप दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम प्रकाशित भएको सूचनामा म्यादभित्र कसैको उजुरी परेमा स्थानीय गाउँ विकास समिति वा नगरपालिकाले आवश्यक देखेमा जाँचबुझ गरी आफ्नो निर्णय पुन उपनियम (२) बमोजिम प्रकाशित गर्नेछ र त्यसको लिखित सूचना सम्बन्धित जिल्ला भूमिसुधार अधिकारी, सम्बन्धित जग्गावाला र मोहीलाई समेत पठाउनु पर्छ ।
(५) उपनियम (४) बमोजिम स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले गरेको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले ३५ दिनभित्र जिल्ला भूमिसुधार अधिकारीमा पुनरावेदन गर्न सक्नेछ । त्यस्तो पुनरावेदन परी जिल्ला भूमिसुधार अधिकारीले निर्णय गरेपछि त्यसको सूचना यथाशीघ्र स्थानीय गाउ“ विकास समिति वा नगरपालिकालाई दिनुपर्छ । सो निर्णय बमोजिम स्थानीय गाउ“ विकास समिति वा नगरपालिकाले आवश्यक हेरफेर गरी लगत दुरूस्त राख्नुपर्छ ।
(६) ऐनको दफा २५ को उपदफा (४) को खण्ड (ख) बमोजिम मोहीको दर्ता किताब अनुसूची १६ मा तोकिए बमोजिमको ढा“चाको हुनेछ । सो दर्ता किताबमा नियम ६ बमोजिम प्रकाशित लगत अनुसार र नियम ७ बमोजिमको उजुरीको निर्णय तथा पछि हुने कुनै हेरफेर समेत जिल्ला भूमिसुधार अधिकारीले दर्ता गरी राख्नु पर्नेछ ।