(१) लाइसेन्सको अवधि एक आर्थिक वर्षसम्म बहाल रहनेछ ।
(२) लाइसेन्स नवीकरण गराउन चाहने व्यक्तिले लाइसेन्स बहाल रहने अवधि भुक्तान नहुँदै नवीकरणको लागि अनुसूची–८ बमोजिमको ढाँचामा लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम लाइसेन्स नवीकरणको लागि पर्न आएको दरखास्त उपर लाइसेन्स दिने अधिकारीले नियम ९ बमोजिम लाग्ने दस्तुरको आधा दस्तुर लिई त्यस्तो लाइसेन्स नवीकरण गरी दिन सक्नेछ ।
तर आफैँले कार्यक्रम उत्पादन गरी भू-सतही, भू-
उपग्रह वा केबुलको माध्यमबाट प्रसारण गर्ने टेलिभिजन
च्यानल वा एफ.एम. रेडियो.र सो. अन्तर्गत प्रयोग हुने सम्पूर्ण
प्रकारका लिङ्क तथा रिसिभर जस्ता लाइसेन्सको संवत् २०७८
साल असार मसान्तसम्म नवीकरण गरेको भए त्यस्तो संस्था वा
व्यक्तिले आर्थिक वर्ष २०७८/७९ को लागि लाग्ने नवीकरण
दस्तुरमा पूर्ण छुट पाउनेछ।
(४) उपनियम (२) बमोजिमको म्याद भुक्तान भएपछि लाइसेन्स नवीकरण गर्न आएमा पहिलो एक महिना सम्मको लागि दश प्रतिशत, दोस्रो एक महिनासम्म बीस प्रतिशत, तेस्रो एक महिनासम्म तीस प्रतिशत, चौथो एक महिनासम्म चालीस प्रतिशत, पाँचौ एक महिनासम्म पचास प्रतिशत र छैठौ एक महिनासम्म शत प्रतिशत जरिबानासमेत लिई लाइसेन्स दिने अधिकारीले त्यस्तो लाइसेन्स नवीकरण गरी दिनेछ । ६ महिनाभित्र पनि लाइसेन्स नवीकरण नगराएमा त्यस्तो
लाइसेन्स स्वतः रद्द हुनेछ ।
(४क.) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भएतापनि यो उपनियम प्रारम्भ हुँदाका बखतसम्म लाइसेन्स नवीकरण नगराएको व्यक्तिले यो उपनियम प्रारम्भ भएको मितिले तीन महिना भित्र त्यस्तो लाइसेन्स नवीकरण गराउन लाइसेन्स दिने अधिकारी समक्ष दरखास्त दिन सक्नेछ ।
(४ख.) उपनियम (४क) बमोजिमको दरखास्त प्राप्त भएमा लाइसेन्स दिने अधिकारीले उपनियम (३) बमोजिम लाग्ने नवीकरण दस्तुर,उपनियम (४) बमोजिम लाग्ने शत प्रतिशत जरिवाना र सो जरिवाना रकम बराबरको थप जरिवाना लिई त्यस्तो लाइसेन्स नवीकरण गरी दिनेछ ।
(५) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि छोटो अवधिको निमित्त दिइने लाइसेन्स सो लाइसेन्समा उल्लेखित अवधिसम्म मात्र बहाल रहनेछ ।