दफा १०८
वकपत्र इजलासमा गराउनु पर्ने
(१) यस संहिता बमोजिम साक्षीको वकपत्र गराउँदा न्यायाधीशको इजलासमा गर्नु पर्नेछ ।
तर शारीरिक असमर्थताले गर्दा अदालतमा उपस्थित हुन नसक्ने साक्षीको वकपत्र गराउनु पर्दा त्यस्तो साक्षी रहे वसेको ठाउँमा न्यायाधीश आफैँ गई वा आफ्नाे मातहतको अधिकृत कर्मचारी खटाई वकपत्र गराउन लगाउन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम वकपत्र गराउँदा मुद्दाका सम्बन्धित पक्षहरुलाई त्यस्तो कुराको सूचना दिई दफा १०७ को उपदफा (५) बमोजिम परीक्षण गर्ने मौका समेत दिनु पर्नेछ ।