दफा ९२
वारिसको अधिकार र कर्तव्य
(१) वारिसले आफूलाई नियुक्त गर्ने पक्षको तर्फबाट वारेसनामामा लेखिए बमोजिमको सबै काम गर्न    सक्नेछ ।
(२) वारिस नियुक्त गर्ने ब्यक्तिलाई नै उपस्थित गराउन अदालतबाट आदेश भएमा वारिसले त्यस्तो ब्यक्तिलाई अदालतमा उपस्थित गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सम्बन्धित ब्यक्ति उपस्थित नभएमा त्यस्तो ब्यक्तिको वारिस अदालतले बदर गर्न सक्नेछ ।