दफा २१
वित्तीय मध्यस्थताको कामबाट फुर्सद लिनदिने
कुनै संस्थाले वित्तीय मध्यस्थताको काम गर्नबाट फुर्सद पाउँ भनी बैङ्क समक्ष निवेदन दिएमा त्यस्तो संस्थाले तिर्नुपर्ने सम्पूर्ण दायित्व चुक्ता गरेको देखिएमा बैङ्कले त्यस्तो संस्थालाई वित्तीय मध्यस्थताको काम गर्नबाट फुर्सद दिन सक्नेछ ।
तर त्यस्तो संस्थाले सम्पूर्ण दायित्व चुक्ता गर्न नसकेको अवस्थामा बैङ्कले त्यस्तो संस्थालाई वित्तीय मध्यस्थता सम्बन्धी काम गर्नबाट रोक लगाई संस्था दर्ता ऐन, २०३४ बमोजिम सो संस्थाको जायजेथाबाट दायित्व भुक्तानी गर्नको लागि नेपाल सरकार समक्ष लेखी पठाउनु पर्नेछ ।