दफा १०
विदेशी मुलुकको मानपदवी लगाउने
(१) कुनै विदेशी मुलुक वा विदेशी राजदूतावासकोऔपचारिक समारोहमा विदेशी मुलुकका कुनै मन्त्री वा सोभन्दा माथिल्लो ओहदाका पदाधिकारी विशेष अतिथिको रुपमा उपस्थित रहेको समारोहमा मानपदवी लगाउँदा आफ्नो मुलुक र सो विदेशी मुलुककोमानपदवी मात्र लगाउन सकिनेछ ।
(२) आफ्नो मुलुक र विदेशी मुलुकको मानपदवी पाउने व्यक्तिले आफ्नो मुलुकको मानपदवी नलगाई विदेशी मुलुकको मात्र मानपदवी लगाउन पाउनेछैन ।
(२) आफ्नो मुलुक र विदेशी मुलुकको मानपदवी पाउने व्यक्तिले आफ्नो मुलुकको मानपदवी नलगाई विदेशी मुलुकको मात्र मानपदवी लगाउन पाउनेछैन ।