दफा
विदेशी लगानीको स्वरूप

३. विदेशी लगानीको स्वरूप

३.१ विदेशी लगानी अन्तर्गत विदेशी लगानीकर्ताले विदेशी मुद्रा वा पूँजीगत सम्पत्तिको रूपमा गरेको शेयर लगानी तथा आर्जित रकमको पुन लगानी,
३.२ विदेशी मुद्रा वा पूँजीगत सम्पत्तिको रूपमा प्राप्त गरेको ऋण,
३.३ विदेशी उत्पत्तिको कुनै प्रविधिसम्बन्धी अधिकार, विशिष्ठता, फर्मुला प्रक्रिया, पेटेण्टको उपयोग,
३.४ विदेशी स्वामित्वको ट्रेडमार्क, गुडविलको उपयोग,
३.५ वैदेशिक प्राविधिक सेवा, सल्लाहकार सेवा, व्यवस्थापन सेवा र बजार सेवाको उपयोग ।