दफा
उद्देश्य

२. उद्देश्य

२.१ आय तथा रोजगारीको थप अवसरहरू सिर्जना हुनेगरी उत्पादनशीलता क्रियाकलाप विस्तार गरेर अर्थव्यवस्थालाई सबल र गतिशील बनाउने ।

२.२ औद्योगिकरण प्रक्रियामा निजी क्षेत्रको सहभागिता बढाउने ।

२.३ विदेशी पूँजी, आधुनिक प्रविधि, व्यवस्थापन र प्राविधिक सीप भित्र्याई आन्तरिक स्रोत र साधनलाई उत्पादशील क्षेत्रमा परिचालन गरेर उत्पादकत्व बढाउने ।

२.४ अन्तर्राष्ट्रिय बजारमा देशको प्रतिस्पर्धात्मक क्षमता बढाउने ।