दफा १०
मध्यस्थता
१०. मध्यस्थता
१०.१ विदेशी लगानी सम्बन्धमा उठेको कुनै विवाद विदेशी लगानीकर्ता, सम्बन्धित उद्योग र उद्योग विभागले आपसमा समाधान गर्न नसकेमा मध्यस्थताद्वारा समाधान गरिनेछ ।
१०.२ मध्यस्थताका लागि अन्तर्राष्ट्रिय व्यापार कानुनसम्बन्धी संयुक्त राष्ट्र संघीय आयोग को मध्यस्थता नियमबमोमि मध्यस्थता गरिनेछ ।
१०.३ मध्यस्थताको स्थल काठमाडौं हुनेछ ।