दफा १६
विदेशी संस्थाबाट प्रत्यायन गराउन स्वीकृति लिनु पर्ने
(१) समरूपता परीक्षण गर्नेसंस्थाले प्रत्यायन सम्बन्धी काम गर्ने कुनै विदेशी संस्थाबाट प्रत्यायन गराउन चाहेमा तोकिएको दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा स्वीकृतिको लागि केन्द्र समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिमको निवेदन प्राप्त भएमा केन्द्रले प्रत्यायन सम्बन्धी स्वीकृति प्रदान गर्न सक्नेछ।

(३) उपदफा (१) बमोजिम केन्द्रबाट स्वीकृति लिई विदेशी (संस्थाबाट गरिने प्रत्यायन सम्बन्धी काम कारबाहीको अनुगमन केन्द्रले गर्नेछ।

(४) यस दफा बमोजिम स्वीकृति प्रदान गर्ने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।