दफा ६६
विनियम बनाउने अधिकार
: (१) आफ्नो काम कारबाहीलाई व्यवस्थित गर्न कोषले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियम प्रतिकूल नहुने गरी आवश्यक विनियम बनाई लागू गर्न सक्नेछ ।
(२) कोषले उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा प्रतिकूल प्रभाव नपर्ने गरी देहायका विषयमा विनियम बनाउन सक्नेछ :-
(क) क्षतिपूर्ति प्रक्रिया, दाबी भुक्तानी तथा शोधभर्ना प्रक्रिया सम्बन्धी,
(ख) लगानी नीति सम्बन्धी,
(ग) सुरक्षित सदस्य संस्थाले बुझाउनु पर्ने वार्षिक सुरक्षण शुल्क सम्बन्धी,
(घ) सदस्यता प्रमाणपत्र र सत्यता प्रमाणीकरण विधि प्रक्रिया सम्बन्धी,
(ङ) कोषका कर्मचारीको सेवा शर्त सम्बन्धी,
(च) कोषको आर्थिक, प्रशासन तथा लेखा परीक्षण सम्बन्धी,
(छ) सेवा तथा मालसामान खरिद प्रक्रिया सम्बन्धी,
(ज) एजेन्ट बैङ्क र वित्तीय लिक्विडेटर सम्बन्धी,
(झ) कर्मचारी विनियमावली, जनशक्ति रोजगार सम्बन्ध, रोजगार करारको शर्तहरु सम्बन्धी,
(ञ) समितिको बैठक प्रक्रिया सम्बन्धी,
(ट) कोषको संगठनात्मक ढाँचा तथा कार्यसम्पादन सम्बन्धी,
(ठ) कार्यक्षमता र जिम्मेवारीको अधिकार प्रत्यायोजन सम्बन्धी र
(ड) कोषको कार्यसम्पादनका लागि आवश्यक पर्ने अन्य विषय सम्बन्धी ।
(३) कोषलाई आर्थिक दायित्व तथा दीर्घकालीन असर पर्ने विषयको विनियम बनाउँदा मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।